सूचनाको शक्ति - The Power Of Information

        

देशभर १ करोड ७७ लाख कुल मतदाता मध्ये कुन प्रदेशमा कति ?

गत निर्वाचनमा भन्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या बढ्ने भएको छ ।

२०७९ बैशाख २९ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ पुग्ने निर्वाचन आयोगले जनाएको छ ।

जसमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेका छन् । आज हामीले ६ वटा प्रदेशभरका मतदाता संख्या प्रस्तुत गरेका छौं।

गण्डकी प्रदेशमा कुल मतदाता संख्या १६ लाख ६२ हजार २४६ रहेको छ । जसमध्ये ८ लाख ६९ हजार ५ सय ३८ जना महिला मतदाता र ७ लाख ९२ हजार ६९७ पुरुषको मतदाता संख्या रहेको छ ।

निर्वाचन आयोगको अनुसार गण्डकीमा अन्य मतदाताको संख्या ११ रहेको छ । यस्तै, बाग्मती प्रदेशमा २ लाख ९४ हजार ९१९ कुल मतदाता मध्ये १ लाख ४४ हजार ९५९ जना महिला मतदाता र १ लाख ४९ हजार ९४५ जना पुरुष मतदाता र अन्य ६ जना रहेका छन् ।

त्यस्तै, प्रदेश न १ मा कुल ३३ लाख ४७ हजार ३८४ मतदाता मध्ये १६ लाख ४७ हजार ५६१ जना महिला र १६ लाख ९९ हजार ८ सय जना पुरुष मतदाता र २३ जना अन्य मतदाता रहेका आयोगले जनाएको छ ।

यसैगरी, प्रदेश न २ मा २९ लाख १० हजार २३ जना कुल मतदाता मध्ये १३ लाख ३२ हजार ६४० जना महिला र १५ लाख ७७ हजार ३१७ जना पुरुष मतदाताको संख्या रहेको छ र ६६ जना अन्य मतदाता रहेका छन् ।

यसैगरी, लुम्बिनी प्रदेशमा जम्मा ४ लाख ९ हजार ९ सय कुल मतदाता मध्ये २ लाख ९ हजार ९९ जना महिला मतदाता र २ लाख ७ सय ९९ जना पुरुष मतदाता र २ जना अन्य रहेका छन् ।

आयोगको अनुसार कर्णाली प्रदेशमा ९ लाख ८ हजार ४३३ जना कुल मतदाता मध्ये ४ लाख ४९ हजार ३० जना महिला र ४ लाख ५९ हजार ४०१ जना पुरुष मतदाता रहेका छन् । भने २ जना अन्य मतदाता रहेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार १८:०१