सूचनाको शक्ति - The Power Of Information

        

डण्डीको भाउ इतिहासकै उच्च

औद्योगिक कच्चा पदार्थको मूल्य बढेको भन्दै सिमेन्ट र डण्डीको भाउ पनि अचाक्ली बढेको छ । सिमेन्टभन्दा पनि फलामे डण्डीको मूल्य २ महिनामा झण्डै शत प्रतिशतले बढेको छ ।

डण्डीको भाउ प्रतिकिलो १३५ रुपैयाँबाट पनि उकालो लाग्ने तर्खरमा छ । यसअघि प्रतिकिलो ७५ देखि ८१ रुपैयाँसम्म रहेको डण्डी अहिले प्रतिकिलो ५६ रुपैयाँभन्दा बढीले बढिसकेको छ ।

डण्डीको भाउ यति महँगो भएको इतिहासकै पहिलो पटक हो । ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले बढिसकेको छ ।

औसतमा ओपीसी सिमेन्ट प्रतिबोरा ६४० रुपैयाँ र पीपीसी सिमेन्ट प्रतिबोरा ५४० पुगेको छ ।

बिजुलीको महसुल नबढे पनि डिजेलको मूल्य बढेकाले सिमेन्टको मूल्य बढेको उद्योगीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार १७:५४