सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढ्यो

 सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेको छ ।

हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलको १३ सय ६० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १४:३७