सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेको राप्तीसोनारीमा र्‍याफ्टिङ शुरु

बैरियादेखि अगैयासम्म करीब २७ किलोमिटर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रवारदेखि र्‍याफ्टिङ सञ्चालनमा आएको छ ।

राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले र्याफ्टिङ सञ्चालनमा ल्याएको हो ।र्याफ्टिङको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उदघाटन गरे ।

उदघाटनसँगै मन्त्री चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा.दामोदर भुसाल, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का लगायतले र्याफ्टिङ गरे ।

र्याफ्टिङको दुरी कुसुम बैरियादेखि अगैयासम्म करीब २७ किलोमिटर रहेको छ । पर्यटन प्रवर्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न र्याफ्टिङ शुरु गरिएको मन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १४:१५