सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार आज दोहोरो अंकले ओरालो

बुधबार एकाएक ४० अंकले उकालो लागेको शेयर बजार आज (बिहिबार) पुनः दोहोरो अंकले ओरालो लागेकाे छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से २४ अंक बराबरले ओरालो लागेर २५ सय ४४ कायम भएर थामिएकाे हाे । व्यापार बाहेक अरु सबै समूह ओरालो लाग्दा कारोबार पनि २ अर्ब तलै खुम्चिएको छ ।

जीवन बीमा समूह सबैभन्दा उच्च २ सय अंक बराबरले ओरालो लाग्दा विकास बैंक समूह पनि सय अंकले झरेकाे छ । अरु पनि अधिकांशजसो समूह दोहोरो अंकले ऋणात्मक रहेका छन ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ३८ लाख बराबर कित्ता शेयर जम्मा १ अर्ब ८९ हजारमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ६४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा जम्मा २८ को बढ्यो भने २ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १७:३६