सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : पाँच प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा सामान्य बदली देखिए पनि अन्य भूभागमा सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो प्रदेश १, मधेस, बागमतीका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।

साथै तराई भूभागहरूमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखा आग्रह गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार ०८:१७