सूचनाको शक्ति - The Power Of Information

        

नेपाल संस्कृत विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)

नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उप-प्राध्यापक, वरिष्ठ सहायकसहित विभिन्न पदका कर्मचारी माग गरेको हो ।

बढुवा, खुला तथा आन्तरिक प्रतियोगितामार्फत रिक्त रहेका विभिन्न पदमा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।

विश्वविद्यालयको कार्यकारी परिषद्बाट लेखी आए बमोजिम सेवा आयोगको निर्णय अनुसार दरखास्त आह्वान गरिएको बुधबार प्रकाशित सूचनामा भनिएको छ ।

आज गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।​

सूचना हेर्नुहोस्

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ०९:३६