सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

 हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

अस्ति आइतवार ४१ र हिजो सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से आज मङ्गलवार १४ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय २७ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज होटलबाहेक सबै समूहको शेयर घटेको छ । दाेहाेराे अङ्कले शेयर घट्दा कारोबार रकम दुई अर्ब रुपैयाँ पनि पुगेन । दुई सय २५ कम्पनीका ३८ लाख ९० हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज नेपाल लाइफ इन्सुरेन्स, जीवन विकास लघुवित्त र आशा लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घट्दा पनि नेष्डाे र राष्ट्रउत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १७:४७