सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोगको टोल फ्रि नम्बर आजदेखि सञ्चालनमा

 स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने भएको छ ।

निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।

आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्नसमेत भएकाले आजवाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो ।

३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनौट गरिसकेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार ०८:४१