सुचनाको हकका लागि राष्ट्रिय महासंघ बझाङ शाखाको प्रथम जिल्ला अधिवेशनले भुवन सिंहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शाखाको शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा शितल स्नेही, सचिवमा रिदम सिंह, सहसचिवमा कर्ण धामी र कोषाध्यक्षमा दोरेन्द्र खड्का निरविरोध चयन भएका छन् ।
कार्यसमिति सदस्यमा कल्पना उपाध्याय, रमेश सिंह, रुपक खड्का, सुनिल मण्डेल, पवन बोहरा, सुरेस धामी, राम बहादुर बोहरा, धुव्र विष्ट, जगदीस रोकाया र सन्जिता धामी लगायत जिल्ला कमिटी सदस्य भएका हुन् ।
महासंघको प्रदेश प्रतिनिधीमा तरुणा जोशी, डीवी विष्ट, मकरराज धामी र प्रदिप मलासी लगाएत ४ जना र केन्द्रिय प्रतिनिधीमा राजेन्द्र बहादुर सिंह, पार्वती ऐडी र शैलेन्द्र रोकाया लगाएत ३ जना छनोट भएका छन् ।
सत्यराज सिंह । बझाङ ।