पर्यटन क्षेत्रमा लामो अनुभव हासिल गरी सकेका नवराज दाहाल अहिले ट्रेकिङ्ग एजेन्सी एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष हुन् । नेपालका पर्यटन व्यवसायीहरुको छाता संगठन टानको अध्यक्षको भूमिकामा पुगेका दाहालले पर्यटन व्यवसायीहरुको हकहितमा आफ्नो समय खर्चिने बताएका छन् । टानलाई राजनीतिबाट मुक्त राख्ने उनको लक्ष्य के छ ? अध्यक्ष दाहालसँग गरिएको कुराकानी :
टानमा अध्यक्षको भुमिका निर्वाह गरिराख्नु भएको छ, तपाईसँग कस्तो योजना छ ?
– निर्वाचित भएर आएको तीन महिना भयो । तर, काम शुरु गरेकोे एक महिना भयो । सोचेजस्तो काम गर्ने वातावरण बनेको छैन । बाहिरबाट हेर्दा टानमा काम गर्न जति सहज छ, भित्रिरुपमा त्यति सहज रहेनछ । चुनौती धेरै छन् । टानलाई बाहिरबाट जुन ढंगले सोचेको छ, त्यो खालको टान अहिले छैन । पहिलेको टान र अहिलेको टानमा फरक छ । त्यो बेला सिमित साधन श्रोत हुन्थ्यो । खर्च कम थियो । हामी बढि नीति र पोलिसिमा केन्द्रित हुन्थ्यौं । व्यवसायीहरुलाई कसरी सहज बनाउने, धेरैभन्दा धेरै पर्यटक कसरी भित्र्याउने र आएका पर्यटकलाई कसरी पदयात्रामा पठाउने जस्ता कुरामा छलफल हुन्थ्यो । नया“ पदयात्राबारे प्रचारप्रसार कसरी गर्नेतर्फ बढि ध्यान दिइन्थ्यो । अहिले टानको अवस्था अलि फरक छ । आर्यश्रोत बढेको छ, खर्च पनि उत्तिकै छ । विभिन्न संघसस्थाबाट काम ल्याएको देखिन्छ तर, कता खर्च हुन्छ, हिसाव देखिँदैन । आम्दानीसगै खर्च बढ्दा टानको आर्यश्रोत धेरै देखे पनि त्यस्तो छैन ।
टानमा गएपछि के कुराको आवश्यक महशुस भयो ?
– नीति छैन । नितिगत कुरामा परिर्वतन ल्याउनु जरुरी छ । आजभन्दा ३० वर्षअघिको नीति, नियम र आजकोमा धेरै फरक छ । देश संघीयतामा गइसकेको छ । दोस्रोमा पूर्वाधार विकास हुनु जरुरी छ । यदि जतिसुकै राम्रो नीति भए पनि पूर्वाधारको विकास भएन भने त्यसको खासै अर्थ रहँदैन । पर्यटक जति धेरै आ“उछ उतिनै देशमा आर्थिक समृृद्धि बढ्ने हो । पूर्वाधारको नै विकास गर्न सकिएन भने पर्यटकलाई कसरी देशभित्र भित्र्याउने त्यो सोच्नुपर्ने कुरा हो । आन्तरिक तथा बाह्य पर्यटकले पाउने सुविधा राज्यबाट पाउनुपर्ने हुन्छ, ताकी उनीहरुको यात्रा सहज र सरल बन्न सकोस् । धेरैजसो देशमा ट्राभलमार्टको सुविधा हुन्छ । त्यस्तै व्यवसायीहरुलाई प्रवेश गराउने र आफ्नो व्यवसायलाई प्रचारप्रसार गर्ने त्यसको अगुवाई पर्यटन बोर्डले नै गरिदिने र नेपालको पर्यटन प्रर्वद्धन गर्ने भनेर नेपाल सरकार र प्राइभेट सेक्टर मिलेर प्रर्वद्धनमा अगाडी बढ्नुपर्ने हुन्छ । अर्को चाहिँ राष्ट्रिय मिडियाले नेपालबारे प्रचारप्रसार गर्ने नेपाल राम्रो देश हो भनेर सकरात्मक भूमिका खेल्ने ।
टानमा धेरै अध्यक्षहरुका फोटो झुण्डिसकेका छन् । सबै अध्यक्षहरु योजना मात्र सुनाउनुहुन्छ । दुई बर्ष पदमा बस्नुहुन्छ जानुहुन्छ, तपाईको अवस्था पनि त त्यही हुन सक्छ होइन ?
– म पद्को लागि हैन, काम गर्न आएको छु । उत्साहित र आशाबादी दुबै छु । टान आफैमा आर्थिक रुपमा चुनौतिपूर्ण अवस्थामा गुज्रिरहेको हु“दाहु“दै पनि फेरि अहिले अलि अनुकुल सिर्जना भइरहेको छ । मन्त्री फेरिँदा सचिव पनि फेरिने चलन छ । पर्यटन बोर्ड नाम मात्रको छ । पर्यटन बोर्डले पर्यटनको क्षेत्रमा काम गर्न सकेको छैन । अब त्यस्तो अवस्थाको अन्त्य हुनेछ । पर्यटनमन्त्री स्थायी नै भएर आउनु भएको छ । अब काम गर्ने वातावरण बन्छ । हाम्रो एजेण्डाबारे कुरा राखिसकेका छौ । उहा“हरुले सकारात्मकरुपमा लिनुभएको छ । टानले सिंगो पर्यटन व्यवसायीहरुको नेतृत्व गरेर सम्बन्धीत निकायहरुलाई भन्ने हो । यदि लागु भएन भने स्वभाविकरुपमा पनि व्यवासायीहरुले आन्दोलन गर्नुपर्ने हुन्छ । मजदुरहरुले पनि आन्दोलन गर्नुपर्ने हुन्छ । यदि टिम्सको रकम निकासा भएन भने हामी आन्दोलनमा जान्छौ । अब टुलुटुलु हेरेर बस्ने अवस्था छैन ।
टिम्सको रकम रोकिनुको कारण के हो ?
– अघिल्लो कार्य समितिले टिम्सको रकम जुन ढंगले खर्च गर्नुपर्ने हो त्यसरी गरेन । हिसाब पर्यटन वोर्डलाई बुझाउनुपर्ने हो तर, बुझाइएन भनेर केहि समस्याहरु पनि देखिए । कुन कार्यकालमा भएको हो कसरी समाधान गर्न सकिन्छ । बसेर छलफल गर्नुपर्ने विषय हो । तर उहाँहरुले टानलाई पूर्ण बिश्वास गर्नु भएन । पर्यटन बोर्ड सदस्य, कर्मचारीहरुले बुझेनन् टिम्सको पैसा रोक्यो भने कति समस्या हुन्छ भनेर । तर यसले नेपालको सिंगो पर्यटन क्षेत्रलाई नै असर गर्छ । कसैको हितमा छैन । यो व्यवसायस“ग लाखौ मजदुर जोडिएका छन् । कति मजदुरहरुको मृत्यु भएको छ, उनीहरुका परिवारले पाउनुपर्ने क्षतिपूर्ति पाउन सकिरहेका छैनन् ।
टिम्सको समस्यालाई सामाधान गर्ने वचन यहाँले दिनुभएको थियो नी ?
– काम गर्न सहज रहेनछ । आशावादी थिए र त्यसका लागि कुराकानी गरेको पनि हो । उहा“हरुले हुन्छ पनि भन्नुभएको थियो । टुरिजमको टिम्सको एउटा बिभाग नै बनाउनुभएको थियो । पटकपटक छलफल पनि गरेको हो । अहिले पनि कुरा गर्दा राम्रो कुरा गर्नुहुन्छ । समाधान हुन्छ भन्नुहुन्छ । चिन्ता नगर्नु भन्नुहुन्छ । टुरिजमको सिइओले पनि राम्रो कुरा गर्नुहुन्छ । सकारात्मक कुरा गर्नुभएको छ । उहाँले सकारात्मक कुरा गरेर मात्र भएन, अब कार्यान्वयन गर्नु बाहेकको बिकल्प छैन ।
टिम्सको रकम दिएन भने के गर्नुहुन्छ ?
– टिम्सको रकम दिने कुरा भएको छ । एक हप्तासम्म पनि सकारात्मक कुरा आएन भने आन्दोलनमा जान्छौ । मजदुरको साथमा पर्यटन बोर्डमा ताला लगाइन्छ, धर्ना दिइन्छ । र विभिन्न समस्याहरु उत्पन्न हुन्छ । कमसेकम मजदुरको पैसा सिधै बोलाएर दिए हुन्छ । शंका लाग्छ भने कागजपत्र माग्नुस् । हामीलाई चाहिएन । तर, रेस्क्यू गरेर आएको मजदुरहरुको चाहिँ पैसा दिनुस भनेर हामीले भनेका छौ । जो जसको मृत्यु भएको छ, उहाँहरुको परिवारलाई दिने क्षतिपूर्ति दिनुस् भनेर भनेका छौ ।
राजनीतिले प्रभाव पारेको होला नी ?
– विगतमा राजनीतिकै कारण त्यस्तो भयो । तर, म टानमा गएको १५ सय व्यवसायीहरुलाई नेतृत्व गर्न हो । यो पार्टी उ पार्टी होइन । व्यवसायीहरुको माग के हो ? मजदुरहरुको माग के टानले लिडरसिप दिँदा सिंगो पर्यटन क्षेत्रको हुन्छ कि निश्चित पार्टी संगठनको हकहितमा हुन्छ । त्यो हेर्ने कुरा हो । नराम्रो कुरालाई स्वीकार गर्दै म अब बस्ने पक्षमा छैन । विगतमा त्यस्तो भयो होला । यदि पर्यटन बोर्डले नेपालका पदयात्रा र यसका मजदुरको समस्या नबुझने र टिम्सबाट पाउनुपर्ने हिस्सा दिनुपर्ने रकम जम्मा गरेर व्यवासायीहरुलाई आतंकित बनाउने कोशिस भए हामी पर्यटन बोर्डको विरुद्ध जान्छौ ।
त्यसो भए सोचेजस्तो रहेनछ टान ?
– म पूर्व महासचिव पनि हु । म महासचिव हुँदा महत्वपूर्ण निर्णय भएकोे छ । टानमा गएर अध्यक्ष भएर फोटो झुण्डाउनु कुनै रहर मलाई छैन । म एक व्यवसायी पनि हुँ र व्यवसायीहरुको समस्या कसरी समाधान गर्नुपर्छ भने मलाई पनि थाहा छ । दुई वर्ष मेरो कार्यकाल यत्तिकै वित्दैन, काम पुरा भएर नै वित्छ । सरकारले जुन ढंगले बुझनुपर्ने हो तर बुझेको छैन । भाषण गरेकोजस्तो मिठो व्यवहारमा भए धेरै राम्रो हुन्थ्यो । सरकारले नेपालको पर्यटन व्यवसायलाई खासै महत्व दिएको छैन । अबको सरकारले ५० लाख पर्यटन भित्र्याउने योजना बनाउनुपर्छ । त्यहि अनुसार योजना ल्याउनुपर्छ ।
पर्यटकलाई विभिन्न किसिमको समस्या निम्त्याउने कुरा बाहिर आएको छ ? उनीहरुमा कस्तो समाचार जान्छ ?
– पर्यटकलाई औषधी खुवाएर विरामी बनाइ दिने ? हाइ लगाएर विरामी बनाइ दिने ? हेलिकोप्टरमा ल्याउने पाँच गुणा पैसा लिने धेरै व्यवसायीहरु छन् । तर ती कुरा त राज्यले पनि हेर्नुपर्ने हो, तर हेरेन । अब त्यस्तो हुँदैन । राज्यले पनि पर्यटन व्यवसायीहरुका लागि नया नियम बनाउनुपर्छ । अन्तर्राष्ट्रिय पर्यटक आफूखुशी पदयात्रा जान्छन् । बीचबाटोमा धेरै समस्या आउछ । त्यसले बाहिरी देशमा कस्तो खालको समाचार जान्छ त ? अर्कोतर्पm मजदुरले रोजगार नपाउने पनि भए । व्यवसायीको व्यवसाय धरापमा पर्ने भयो । राज्यले पाउने कर भ्याटसमेत फरक पर्छ । त्यसैले टानले लगाम लगाउने काम गर्छ ।
राज्यले खुल्ला क्षेत्र र निषेधित क्षेत्र भनेर छुट्याइएको छ । मुस्ताङ, डोल्पा, लिलिभेली, नाफु डोल्पा जादा गाइड लिएर जानुपर्ने हुन्छ र परमिट पनि लिइन्छ । तर खुला क्षेत्र सगरमाथा, लाङटाङ, मकालु जहा विना गाइड पनि जान सकिन्छ । तर हाम्रो भनाई अधिकांश पर्यटकहरु यहि क्षेत्रमा जान्छ । यहि खुला गरेपछि त सबै ठगिने भए । सबैको राम्रो हुनलाई अनिर्वायरुपमा गाइड लिएर जाने नीति आवश्यक छ । कानूनको दायराभित्र सबैलाई ल्याउनु प¥यो ।
२५ वर्षदेखि यहि पेशामा हुनुहुन्छ ? विदेशी पर्यटक नेपालमा ल्याउन के सुधार गर्नुपर्छ ?
– सबैको अनुकुलतामा मिल्नेगरि नीति नियम आउनुपर्छ । पूर्वाधारको विकास हुनु जरुरी छ । ५० लाख पर्यटक ल्याउदा पूर्वाधारले थेग्नसक्ने हुनुपर्यो । एयरपोर्ट सुरक्षित हुनुपर्छ । नेपालबारे प्रचारप्रसार गर्नु पर्यो । ६ महिनाभित्र नीति परिर्वतन गर्नेतिर लाग्ने, अनिवार्य गाइड व्यवस्था गर्ने, एयरपोर्टमा सुधार गर्ने, इमिग्रेसनमा सुधार गर्ने योजना छ । पोखरामा पर्यटन बसपार्क बनाउनुपर्ने मेरो योजनामा छ ।
।