सूचनाको शक्ति - The Power Of Information

        

घाेराहीमा एक पुरुषकाे शव फेला

प्रतिकात्मक तस्वीर

दाङको घोराहीमा एक पुरुषको शव फेला परेको छ ।

घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

चौधरीको शव आज शुक्रवार बिहान मानव निर्मित गाैरीशङ्कर तालकाे किनारमा फेल परेको हो । हिजाे बिहीवार दिउँसो भैँसीलाई पानी खुवाउन गएका चौधरी घर नफर्किएपछि आफन्तले उनको खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए ।

तालमा नुहाउने क्रममा डुबेर चाैधरीकाे ज्यान गएकाे हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १६:४६