सूचनाको शक्ति - The Power Of Information

        

गुल्मीका २४ वर्षीय युवाले गरे मेयरमा उम्मेदवारी घोषणा

गुल्मीका २४ वर्षीय एक युवाले मेयर पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका २४ वर्षिय बिपिन विश्वास रायमाझीले मेयरको लागि स्वतन्त्र उम्मेद्धारी घोषणा गरेका हुन् ।

राजनीतिमा नेतृत्व परिर्वतन भए पनि मुलुकको अवस्था र व्यवस्थामा भने परिर्वतन हुन नसकेको भन्दै उनको अबको नेतृन्व युवा पुस्ताले गर्न जरुरी रहेको बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै विकृत बनेको गणतन्त्रलाई सहि ट्रयाकमा ल्याउने अभिभारा युवापुस्ताको भएकाले आफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।

उनले भने ‘अस्वस्थ राजनीतिक प्रतिश्पर्धा र खर्चिलो निर्वाचन प्रणालीको विकल्प र संस्कार सुधारका लागि मैदानमा आउनु आफ्नो धर्म र कर्तब्य ठानेर उम्मेद्वारी घोषणा गरेको हुँ ।’

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १३:२७