सूचनाको शक्ति - The Power Of Information

        

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दै

भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेशको सामना गर्दैछ।

भारतको जमसेदपुरमा आयोजना हुने खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । बुधबार बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित भएकोथियो । नेपालले उक्त हारको बदला लिन चाहेकै बेला बंगलादेश भने जितलाई कायम राख्ने दाउमा छ ।

तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । ३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार ०८:२१