सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मंगलवार ४ जनामा कोभिड पुष्टि

बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ४८ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ११ र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १७:५२