सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाद्वारा चिनियाँ अधिकारीमाथि प्रतिबन्धकाे घोषणा

अमेरिकाले केही चिनियाँ अधिकारीहरुमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार गरेको आरोपमा अमेरिका प्रवेशमा प्रतिबन्धकाे घोषणा गरेकाे छ ।

अमेरिकी विदेश मन्त्रालयले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यकलाई दमन गरेको भन्दै त्यस्तो प्रतिबन्ध लगाउने घोषणा गरेको हो । यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीहरुको संख्या र परिचय भने खुलाईएको छैन ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले धार्मिक तथा आध्यात्मिक समुदाय, अल्पसंख्यक, मानवअधिकारकर्मी, पत्रकार, ट्रेड युनियन, नागरिक समाज र तथा शान्तिपूर्ण विरोध जनाउनेहरु विरुद्धनीति निर्माण गर्ने तथा दमन गर्नेप्रति निर्णय लक्षित रहेको बताउनुभएको छ । ब्लिंकेनका अनुसार यो संख्या निकै ठूलो हुन सक्ने छ ।

अमेरिकी अधिकारीहरुले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमहरुलाई बन्दी बनाईएको दावी गर्ने गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ०९:४७