पाकिस्तान । सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई पुन: पाकिस्तान फर्किएकी छिन् । पाकिस्तानको स्वात उपत्यकामा तालिबानी लडाकूले बालिकाहरुलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेको भन्दै उनीमाथि सन् २०१२ मा आक्रमणमा गरेका थिए । सो आक्रमणमा उनको कन्चटमा गोली लागेको थियो । त्यसयता उनी बेलायतको बर्मिङघममा बस्दै आएकी छिन् । पछिल्लो पटक बेलायत सरकारले नै उनको उपचार र शिक्षाको जिम्मेवारी लिएको छ । मलाला नोवेल शान्ति पुरस्कार जित्ने हालसम्मकै कम उमेरकी व्यक्ति हुन् । सुरक्षाको लागि भन्दै मलालाको भ्रमण तालिकालाई गोप्य राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।
।