सूचनाको शक्ति - The Power Of Information

        

आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले आज यूएईसँग खेल्दै

नेपालले आईसीसी विश्वकप लिग-टु त्रिकोणात्मक सिरिज अन्तर्गत आज (आइतबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको कप्तानी सन्दिप लामिछाने र युएईको अहमद राजाले सम्हाल्ने छन् । यसअघिको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।

नेपाल १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । १७ खेल खेलेको यूएई ९ मा जित र ६ मा हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ । यसअघिको खेलमा नेपाल खराब ब्याटिङको कारण पराजित भएकोथियो ।

नेपाल यूएईले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ३५.१ ओभरमा १ सय २० रनमा अलआउट भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०९:४४