सूचनाको शक्ति - The Power Of Information

        

कोरियाले चार हजार मौसमी कामदार लैजाने

कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन ।

कोरियाको कानून तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो ।

नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल कल्चार सेन्टर कोरियाले त्यहाँको कानून तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ ।

याे समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०८:३०