सूचनाको शक्ति - The Power Of Information

        

भारतका लागि नेपाली राजदूतमा शङ्कर शर्मा नियुक्त

डा. शङ्कर शर्मा गणतन्त्र भारतका लागि नेपालकाे आवासीय राजदूतमा नियुक्त हुनुभएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार शर्मालाई भारतकाे राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँलाई नियुक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद्को गएकाे मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उहाँ संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार १९:१८