सूचनाको शक्ति - The Power Of Information

        

रेडपाण्डाको छाला र चरेससहित ६ जना पक्राउ

बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेससहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगन्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो ।

डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको छ । त्यस्तै प्रहरीले पुष्पलाल चोकस्थित एक होटलबाट दुई किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटका प्रवीण शाही र नेपालगन्जका राज कार्की रहेका छन् । बाँके प्रहरीले घटनाको विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिने जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार १७:०५