सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

‘त्यसैले त तिमी आज जीवित छौं’

घमण्ड केका लागि गर्छौ ?

आज जीवित छौं र त तिमीले

संसार देख्न पाएका छौं

सप्तरङ्ग देख्न पाएका छौं

सम्बन्ध बाँच्न पाएका छन्

दुनियाँ हास्न पाएका छन्

एकपटक दिव्य दृष्टिले हेर,

अन्तरमुख भइ चिन्तन गरी हेर

अद्भुत, अदृश्य शक्ति,

तिमीभित्र निरन्तर चलिरहेको छ,

दिनरात, हरघडी, हरक्षण,

तिमीमै समाहित छ

त्यसैले त तिमी आज जीवित छौं

त्यो कालो दिन अवश्य आउनेछ,

मृत्यु निश्चित छ, सत्य छ, त्यो दिन

तिम्रो धड्कनको चाल बन्द हुनेछ,

त्यसपछि…..

न संसार देख्नेछौ, न सप्तरङ्ग देख्नेछौं

न तिमीसँगै सबथोक, बिलाएको देख्नेछौं

न आफ्ना भन्ने देख्नेछौं, न साथीसङ्गी देख्नेछौं

न कोही रोएको देख्नेछौं, न सम्झाउन सक्नेछौं

त्यसपछि तिमी तिमी रहन्नौं, लास बन्नेछौं

तिम्रो माया सम्बन्ध रहन्न, खरानी बन्नेछौं

दाउराको चाङसँगै आगोले, भस्म हुनेछौं

माटोको शरीर माटोमै, समर्पित हुनेछौं

 

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १४:३०