सूचनाको शक्ति - The Power Of Information

        

जिल्लाभित्र छ्याप्छ्याप्ती यौन अखडा

बाँकेमा यौनधन्दा : चिया पसलदेखि तारे होटलसम्म, पुरुष बेश्या उस्तै सक्रिय

यहाँ मौलाउँदै गएको देह ब्यापार नियन्त्रण बाहिर छ ।

  • यौन व्यापारको अखडा बन्दै ‘दोहोरी साँझ’

  • फ्ल्याट लिएरै यौनधन्दा, तस्वीर देखाएर मोलमोलाई

अझ पछिल्लो समयमा यौनधन्दाको नयाँ ट्रेण्ड चलिरहेको छ । खाजा पसलका नाममा दर्ता नगरेका पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरिएको छ ।

यौन तृष्णा मेटाउने यौन अखडाहरु बाँके जिल्लाभित्र छ्याप्छ्याप्ती छन् । बाँकेमा यौन व्यापार भित्रभित्रै यति मौलाएको छ कि त्यसको कुरा गरेर साध्य नै छैन । देहव्यापारमा उच्च ओहदाका व्यक्तिहरु समेत सक्रिय छन् । यस्तो धन्दामा पुरुषमात्रै नभई उच्च घरानाका महिलाहरु पनि सामेल भइरहेका छन् ।

जीवन साथी अर्थात् श्रीमान–श्रीमतीबीच गृह कलह आदिका साथै एकअर्कामा सहबासमा हुने अतृप्तीले पनि मानिसहरुलाई ‘बाहिरको खोजी’मा पुर्याएको देखिन्छ । अर्को कुरा, यदि नयाँनयाँ पुरुष वा महिला खोज्दै र रोज्दै हिँड्ने लत परिसकेको छ भने त्यो बानी नमर्दासम्म पनि फेरिँदैन ।

स्मार्ट र आफ्नो यौन तृष्ण मेटाउन सक्ने खालका युवायुवतीलाई छानेर देहव्यापार भइरहेको तथ्य पनि खुलेको छ । बाँकेमा यौन व्यवसाय यति फँस्टाउदो छ कि कुरा गरेर साध्य नै छैन । खाजाघर र रेस्टुरेन्टको आवरणमा यौनधन्दा चलिरहेका छन् । अझ कलिला (भर्खर १४–१५ बर्षका) युवतीहरु यौनधन्दामा सक्रिय देखिन्छन् ।

उनीहरुलाई खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले नै यस्तो पेशामा लगाउने गरेका छन् । मिहेनत नै नगरी छिट्टै पैसा कमाइने र आफ्नो आवश्यकता पनि टार्न सकिने भएकाले कलिला युवती यौनकर्ममा सक्रिय छन् । युुवायुवतीहरु संगतका कारण खाजाघर तथा रेस्टुरेन्ट सञ्चालक, दलाल वा यौनकर्मी आदिको माध्यमबाट यो पेसामा तानिने गरेका छन् ।

बाँकेको नेपालगन्ज, कोहलपुर, राँझा, चप्परगौडी, ढकेरी लगायतका खाजाघर तथा रेस्टुरेन्टहरुमा यौन व्यवसाय मौलाउँदै गएको स्थानीयहरुको गुनासो छ ।

नयाँ युवती आउने बित्तिकै सञ्चालकहरु स्वयम् ग्राहकसँग डिल गर्न पुग्ने गरेको पनि स्रोत बताउँछ । युवती कन्ट्याक्टमा आउने बित्तिकै ‘नयाँ चरी’ आएकी छे, अस्तीको भन्दा नि राम्री, च्वाँक छे भन्दै खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले बार्गेनिङ गर्ने गरेका छन् । पछिल्लो चरणमा खाजाघर तथा रेस्टुरेन्टहरु यौनधन्दाका केन्द्र बन्ने गरेका छन् ।

बाँकेको नेपालगन्ज, कोहलपुर, राँझा, चप्परगौडी, ढकेरी लगायतका खाजाघर तथा रेस्टुरेन्टहरुमा यौन व्यवसाय मौलाउँदै गएको स्थानीयहरुको गुनासो छ । खाजाको सट्टा यौन व्यवसाय हुने यस्तो क्षेत्रमा प्रहरीको मिलेमतो रहेका कारण यौन व्यवसाय घट्नुको सट्टा झन् मौलाउँदै गइरहेको स्थानीयहरु बताउँछन् ।

अझ पछिल्लो समयमा यौनधन्दाको नयाँ ट्रेण्ड चलिरहेको छ । खाजा पसलका नाममा दर्ता नगरेका पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरिएको छ । दर्ता नगरेर खाजा पसलका नाममा यौनधन्दा भइरहेका छन् । खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप मौलाउँदै गएको छ ।

‘ए दाई जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने यौनकर्मीहरुका कारण सर्वसाधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू आइरहन्छन्,’ नाम नबताउने शर्तमा नेपालगन्जका एक जना किराना व्यवसायीले भने । यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून प्रहरीले कारबाही गर्न नसकेको स्थानीयको आरोप छ ।

पुरुष बेश्या उस्तै सक्रिय

पछिल्लो समयमा बाँकेमा उच्च घरानाका र श्रीमान विदेश रहेका तथा उमेरमै श्रीमानको देहान्त भएकाहरु पुरुष बेश्याको सम्पर्कमा आउने गरेको स्रोतले बताएको छ । देख्दा हट्टाकट्टा व्यक्तिहरु उनीहरु रोजाइमा पर्छन् । यस्तो पेशामा लागेका युवाहरुले आफूहरु हप्तामा ४ देखि ६ जना ग्राहककहाँ जाने गरेको बताउँछन् ।

यसका लागि उनीहरुले मोबाइलबाटै सबै कुराकानी तय गर्ने गरेका हुन्छन् । सामान्यतया उनीहरुले महंगा होटलहरु बुक गर्ने गर्छन् । कतिपय विवाहित महिलाहरुले भने परिवारका अन्य सदस्य नभएको मौका छोपेर घर अथवा डेरामा बोलाएर पनि आफ्ना कामवासना मेट्ने गरेको स्रोतले बतायो ।

विवाहित एक जना पुरुषले छुट्टै व्यवसाय गरे पनि त्यो भने देखाउनका लागि मात्र भएको बताए । मस्तीका साथै महिनामै एक लाख रुपैयाँसम्म यहि व्यवसायबाट कमाइरहेको उनले बताए । कतिपय महिलाले दोहोरी साँझ, बार तथा रेस्टुरेन्ट, होटेल तथा महिला यौन व्यवसायीमार्फत पुरुष यौन व्यवसायी खोज्ने गरेका छन् ।

ठूला तारे होटलमै यौनधन्दा

साना होटल, गेष्ट हाउस, रेष्टुरेन्टमा हुने यौनधन्दा पुरानै हो । बाँकेका साना झुपडी, साना, मझौला होटलमा हुँदै आएको भनिएको देहव्यापार यतिबेला यहाँका ठूला तारे होटलमा समेत मौलाएको देखिएको छ । त्यो पनि प्रहरी अधिकारीको निर्देशनसँगै घुमुवा प्रहरीको सेटिङ्गमा पछिल्लो समय ठुला र तारे होटलमा मौलाउँदै गएको छ ।

यहाँ मौलाउँदै गएको देह ब्यापार नियन्त्रण बाहिर छ । बाँकेका विभिन्न शहरी क्षेत्रमा चिया पसलदेखि तारे होटलसम्ममा यस्तो काम भइरहे पनि प्रहरी उदासीन छ । नेपालगन्जको न्युरोड, राँझा, बसपार्क, कोहलपुरको दशबिगाह, बसपार्क, मनकामना चोक, चप्परगौडीदेखि ढकेरीसम्मको क्षेत्रमा सबैभन्दा बढि देह ब्यापार हुने गरेको छ ।

नेपालगन्ज, कोहलपुरका तारे भनिएका होटलमा उच्च सरकारी अधिकारीदेखि उच्च घरानाका यौन जोडीहरू आउने गरेको खुलेको छ । यहाँका स्टारमा यौनधन्दा हुन्छ भन्ने कुरा त यसअघि मालपोत हाकिम काण्डले पनि प्रमाणित गरिसकेको छ । यस्तो पेशामा १४ बर्षदेखि विवाहित महिलाहरु पनि संलग्न रहँदै आएका छन् ।

रेष्टुरेन्ट सञ्चालनसँगै ग्राहकलाई सांगीतिक मनोरञ्जन दिनका लागि खुलेका ‘दोहोरी साँझ’ यौन व्यापारको अखडा बन्दै गएका छन् ।

बाँकेमा मौलाउँदै गएको देह ब्यापार अहिले नियन्त्रण बाहिर रहेको स्थानीय बताउँछन् । देहब्यापार गर्नेहरु साना, मझौला होटलमा हुने यस्ता काममा १५ सय देखि २० हजारसम्म लिने गरेका छन् । बाँके जिल्लामा सादा पोसाकमा खटिएका केही घुमुवा प्रहरीले नै यौन अखडा चलाउने, पैसा लिएर होटलको संरक्षण गर्ने गरेको स्रोत बताउँछ ।

सादा पोसाकका प्रहरीहरु यौनकर्मी महिलासँग रक्सीमा लठ्ठ भएर नाचगानमा व्यस्त भएको देख्न सकिने राँझाका एक जना व्यवसायीले बताए । बाँकेका केही होटल सञ्चालकले प्रहरीसँगको सेटिङ्ग मिलाएर वर्षाैबाट यौन व्यवसाय चलाउँदै आएका छन् । पछिल्लो समय दिनदहाडै होटल, रेष्टुरा तथा कोठा भाडामा लिएरै यौन व्यवसाय हुन थालेको छ ।’

‘भिआइपी पाहुना आउँदा कलेज पढ्ने केटी बोलाइदिन्छु । उनीहरुको रेट पनि महंगो छ । एक रातको कम्तीमा १० हजार लिन्छन्,’ कोहलपुरका एक होटल सञ्चालकले भने, ‘अन्यत्रै जिल्लाबाट कलेज पढ्न कोहलपुरमा भाडामा बस्दै आएका केटीहरु कन्ट्रयाक्ट भिआइपी पाएपछि डिल गरेर जान्छन् । उनीहरु प्रतिदिन १० देखि ५० हजार रुपैयाँसम्म लिन्छन् ।’

श्रीमान् विदेशमा भएका, सम्बन्धबिच्छेद भएका फोनमार्फत कन्ट्रयाक्ट गरेर आफै ग्राहक खोज्ने र कोठामै बोलाउने उनीहरुको रेट २ हजारदेखि ५ हजारसम्म छ । तेस्रो किसिमका यौनकर्मी हरेक होटलमा बस्ने ग्राहकलाई खुशी बनाउँदै १ देखि २ हजारसम्म लिन्छन् । केही होटलमा कामदारको रुपमा युवती राख्ने र यौन व्यापार गराउने गरिएको छ ।

होटलमा नियमित कामदार भएर नै यौन बेच्ने युवतीहरु बाँकेमा धेरै छन् । पछिल्लो समय द्रुतगतीमा शहरीकरण भइरहेका बाँकेका विभिन्न शहरोन्मुख क्षेत्रमा यौन व्यवसाय बढ्दै गएको देखिन्छ । यौन व्यवसायमा लाग्नेहरु प्रायः बाहिरबाट यहाँ आउने अविवाहित युवतीहरु रहेको स्रोतको भनाई रहेको छ ।

यौन व्यापारको अखडा बन्दै ‘दोहोरी साँझ’

बाँकेमा केही समययता दोहोरी साँझ खुल्ने क्रम सुरु भएको छ । अहिले तीन/चार वटा दोहोरी साँझ सञ्चालनमा रहेका छन् । दोहोरी साँझ राती १० बजेसम्म सञ्चालन गर्न पाउने नियम छ । रेष्टुरेन्ट सञ्चालनसँगै ग्राहकलाई सांगीतिक मनोरञ्जन दिनका लागि खुलेका ‘दोहोरी साँझ’ यौन व्यापारको अखडा बन्दै गएका छन् ।

राती १० बजेसम्म मादक पदार्थ सेवन गराउँदै ग्राहकलाई संगीम लठ्याउँदै आएका ‘दोहोरी साँझ’ सञ्चालकले १० बजेपछि आवश्यकताअनुसार यौन व्यवसायको मोलमोलाई गरिरहेको सम्पर्क स्रोतले सत्यपाटीलाई बतायो । दोहोरी साँझ सांगीतिक मनोरञ्जनभन्दा अघोषित ‘रेडलाइट’ एरियाका रुपमा विकसित बन्दै गइरहेको स्रोतले बतायो ।

अहिले सडक, ठूला होटल, रेष्टुरेन्ट मात्रै होइन, दोहोरी साँझ पनि यौन व्यवसायका लागि ग्राहक र युवती भेट्ने थलो बन्दै गइरहेको छ । बाहिर देखाउनका लागि दोहोरी सञ्चालन गरेजस्तो गर्ने र भित्रभित्र यौन व्यवसाय पनि सँगसँगै सञ्चालन हुने गरेका छन् । ‘रेट’ तय भएपछि यौनकर्मी दोहोरीबाट ग्राहकसँग गन्तव्यतिर लाग्ने गरेको स्रोतले सत्यपाटीलाई बतायो ।

दोहोरी साँझलाई अहिले पनि मनोरञ्जनको ‘पारिवारिक केन्द्र’ मानिन्छ । परिवारका सबै सदस्य गएर दोहोरी सुन्न, हेर्न र मनोरञ्जन लिन मिल्ने स्थानका रूपमा दोहोरीलाई लिइन्छ । तर दोहोरी साँझलाई यौनकर्मी युवती मोलमोलाईको थलो बनाइएको छ । कतिपय यौनकर्मी युवती चाहिँ दोहोरी साँझमा छिर्ने र ग्राहकसँग लहसिन थाल्छन् ।

दोहोरी साँझ सञ्चालकलाई ती युवती पेसेवर यौनकर्मी हुन् भन्ने पनि थाहा छ । तर पनि युवती दोहोरीमा आएपछि व्यापार बढ्ने भएकाले दोहोरी साँझ सञ्चालक चुपचाप बस्छन् र ती युवतीलाई नै प्रयोग गरेर आफ्नो व्यापार बढाउने ध्याउन्नमा लाग्छन् । यसकारण अब दोहोरी साँझ पनि दोहोरी मात्रै हो भन्ने अवस्था छैन ।

फ्ल्याट लिएरै यौनधन्दा, तस्वीर देखाएर मोलमोलाई

पछिल्लो समय बाँकेमा नेपाली मात्र नभई भारतीय यौनकर्मीहरु पनि सक्रिय भइरहेको प्रहरी स्रोतले नै बतायो । जिल्लाभित्र केही फ्ल्याट नै भाडामा लिएर यौन व्यवसाय सञ्चालन भइरहेका छन् । उक्त होटल तथा रेष्टुरेन्टमा यौन सन्तुष्टिका लागि विभिन्न पेशा व्यवसायमा संलग्न उच्च वर्गका व्यक्तिहरु पुग्ने गरेको स्रोतले बतायो ।

विभिन्न स्थानबाट यौन प्यास मेटाउन पुग्ने पुरुषलाई फ्ल्याट भाडामा लिएर अखडा चलाउने सञ्चालकले युवतीको तस्वीर देखाएर पैसाको मोलमोलाई गर्ने गरेको स्रोतले बतायो । फ्ल्याटमा आएर युवती छानेर नेपालगन्ज, राँझा, कोहलपुर, गाभर, ढकेरी तथा कर्णाली चिसापानी, बबई क्षेत्रका होटेल तथा लजसम्म लैजाने गरेको बताइन्छ ।

फ्ल्याटमा सञ्चालकले एक रातको एक हजार र एक पटक बसेको पाँच हजारसम्म लिने गरेको पनि स्रोतले सत्यपाटीलाई बतायो । तर, सञ्चालकले युवतीलाई त्यसबापत पाँच सयदेखि दुई हजारसम्म दिने गरेको बताइन्छ । बाँकेमा पछिल्लो समयमा ‘फ्ल्याट’मा भाडामा लिएर यौनधन्दा चलाउने शैली भने नयाँ हो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १३:४३