सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाले भन्यो, ‘पुटिन युद्ध अपराधी’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

अमेरिकाको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गरेको छ ।

माथिल्लो सदन सिनेटले मंगलबार युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर पुटिनको निन्दा गर्दै उनलाई युद्ध अपराधी घोषणा गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

सिनेटले हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई युक्रेनमाथि आक्रमण गर्ने निर्णयका सम्बन्धमा पुटिनलाई मुद्दा चलाउन अपिल पनि गरेको छ ।

सिनेटमा मतदानपूर्व डेमोक्रेटिक सिनेट नेता चक शुमरले सम्बोधन गर्दै युक्रेनमा गरेको अत्याचारका लागि पुटिनलाई जवाफदेही बनाउनुपर्ने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

रिपब्लिकन पार्टीका सिनेटर लिण्ड्सी ग्राहमले पुटिनको निन्दा गर्नेसम्बन्धी विधेयकलाई स्पोन्सर गरेका हुन् । उनले अबको काम अरु युरोपेली साझेदार देशहरुलाई पनि पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रक्रियामा ल्याउनु रहेको बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १२:३२