सूचनाको शक्ति - The Power Of Information

        

स्टाफ नर्सको ३०० पदमा आवेदन आह्वान (विज्ञापनसहित)

 ३०० स्टाफ नर्स स्थायी प्रक्रियाबाट पदपूर्तिका लागि आवेदन आह्वान भएको छ ।

लोक सेवा आयोगले बुधबार नेपाल स्वास्थ्य सेवाअन्तर्गत जनरल नर्सिङ समूहको पाँचौं तह स्टाफ नर्स पदका लागि विज्ञापन आह्वान गरेको हो ।

यो पदको खुलामा मात्रै १६५ सिट छुट्याइएको छ भने महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट छन् ।

आवेदन १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाले दिनसक्नेछन् । त्यसका लागि चैत २२ सम्मको समय दिइएको छ । दोब्बर दस्तुर तिरेर भने चैत २९ गतेसम्म दिन सकिने लोक सेवा आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ०९:४२