सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ५० पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४० पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ०९:१४