सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन

म्यादी प्रहरीको भर्ना खुल्यो

म्यादी प्रहरी । फाइल तस्वीर ।

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ ।

उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन पाइने छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ । चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ०६:५०