सूचनाको शक्ति - The Power Of Information

        

माैसमविद् भन्छन्- गर्मी बढ्याे, सतर्कता अपनाउनू

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।

आज दिउँसाे देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् ।

राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ०९:५६