नेपाल इन्जिनियर्स एशोसिएशन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ ।
चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका तीन वटा प्यानलले प्रतिस्पर्धा गरेका थिए ।
प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुईजना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो ।
एशोसिएसनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले एमाले निकट जीवन अर्याललाई ८३ मत अन्तरले पराजित गर्नुभएको हो ।
सत्यपाटी । काठमाडौँ ।