जुम्लाको हिमा गाउँपालिकाले छाउपडी प्रथा नमान्ने र छोरीलाई पनि अंश दिने परिवारलाई सम्मान गरेको छ ।
‘महिलासँग उपाध्यक्ष कार्यक्रम’ मार्फत् छोरीलाई पनि छोरा समान अंश दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।
‘छोरा छोरी दुवै बराबरी हुन् भन्ने मान्यतालाई स्थापित गर्न हामीले त्यस्ता अभिभावकलाई सम्मान गरेका हौँ,’ रोकायाले भनिन्, ‘छोरीलाई अंश दिने र छाउपडी प्रथा नमान्ने परिवार हाम्रो समाजका आदर्श हुन् ।’
छोरा समान छोरीलाई अंश दिने र घरमा छाउपडी प्रथा नमान्ने स्थानीय जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाही, खम्बा शाही, राजबहादुर शाही र देबु सुनारलाई सम्मान गरिएको उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।
सत्यपाटी । जुम्ला ।