सूचनाको शक्ति - The Power Of Information

        

दाङका ठेकेदार अनुप पाण्डे काठमाण्डौबाट पक्राउ

दाङ । दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डे काठमाण्डाैबाट पक्राउ परेका छन् ।

डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले उनलाई काठमाण्डौको काँडाघारीबाट आज पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगरपालिका-८ अश्वारका ३० वर्षका पाण्डेले गाडी प्रयोग गरी भाडा बापतको रकम एक करोड ४४ लाख १७ हजार ७ सय ७६ रुपैयाँ दिनुपर्ने व्यवसायी गेहेन्द्र बस्नेतले बताउनु भयो ।

तर पाण्डेले दिएको सानिमा बैंकको एक करोड आठ लाख ५७ हजार ७७६ रुपैयाँको चेक बाउन्स भएपछि बस्नेतले प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार २०:२१