सूचनाको शक्ति - The Power Of Information

        

अब कस्ताले गर्नु पर्दैन पीसीआर परीक्षण ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई स्वास्थ्य उपचारका लागि पीसीआर टेष्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेष्ट अनिवार्य हुने छैन ।

यसअघि, अस्पतालमा अपरेशनलगायत भर्ना हुनका लागि पीसीआर अनिवार्य चाहिन्थ्यो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ०९:४६