सूचनाको शक्ति - The Power Of Information

        

वीरेन्द्रनगर नगरपालिकामा न्यायिक समितिले पायो पूर्णता


प्रभा रावत । सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा न्यायिक समितिले पूर्णता पाएको छ । नगरसभाले पारित गरेका निर्णयहरु सार्वजनिक गर्दै नगरपालिकाले न्यायिक समितिलाई पूर्णता दिइएको जनाएको छ । उपप्रमुख मोहनमाया ढकालको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भएको हो ।
समितिको सदस्यमा रामकुमारी थापा र टोपबहादुर राष्कोटी चयन भएका छन् । नगरसभाले बलबहादुर रोकायको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । लेखा समितिको सदस्यमा उपेन्द्रबहादुर खड्का र डम्मरबहादुर नेपाली चयन भएका छन् । नगरसभाले बैठकबाट पारित योजना तथा कार्यक्रम मध्ये आवश्यकतालाई ध्यान दिँदै वडा समितिको निर्णय अनुसार योजना तथा बजेट परिवर्तन गर्ने गरी अनुमोदन गर्ने निर्णय गरेको छ ।
नगरसभाले वीरेन्द्रनगर नगरपालिकाको प्रसाशकिय कार्यविधि नियमित गर्ने, शिक्षा ऐन, सहकारी ऐन, कृर्षि ब्यबसाय प्रबद्धन ऐन, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा ब्याख्या गर्न न्यायिक समिति ऐन गरी पाँचवटा ऐन पारित गरेको हो । नगरप्रमुख देवकुमार सुवेदीले नगरसभाले पारित गरेका ऐनहरू आगामी १५ दिनभित्र प्रमाणिकरण गरेर लागू गरिने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०६:३४