सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनलाई विश्व बैंकको ७२ करोड ३० लाख डलर सहयोग

काठमाडौं । युक्रेनले विश्व बैंकबाट ७२ करोड ३० लाख अमेरिकी डलर आर्थिक सहयोग पाउने भएको छ ।

विश्व बैंकले युक्रेनलाई ऋण र अनुदान सहयोगस्वरूप करिब ७२ करोड ३० लाख अमेरिकी डलर सहयोगका लागि अनुमोदन गरेसँगै युक्रेनले विश्व बैंकबाट आर्थिक सहयोग पाउने भएको हो ।

हाल युक्रेन रुसको आक्रमणको सामना गरिरहेको छ । साथै, बैंकले आगामी महिनाभित्र केही युक्रेनलाई थप तीन अर्ब डलरको सहयोग प्याकेज उपलब्ध गर्न निरन्तर काम गरिरहेको जानकारी पनि दिएको छ ।

विश्व बैंकले १७ लाखभन्दा बढी युक्रेनी शरणार्थीलाई आश्रय दिएर सहयोग पु¥याइरहेका अन्य छिमेकी मुलुकलाई पनि आर्थिक सहयोग गर्ने वाचा पनि गरेको छ । अधिकांश शरणार्थी बालबालिका महिला तथा वृद्धवृद्धा छन् ।

संयुक्त अधिराज्यले पनि युक्रेनलाई १० करोड डलरबराबरको उपलब्ध गराउने भएको छ । एक विज्ञप्तिमार्फत विश्व बैंकका अध्यक्ष डेविड माल्पासले भनेका छन्, ‘विश्व बैंक समूहले रुसी आक्रमणका कारण हिंसा र ठूलो अवरोध सामना गरिरहेका युक्रेन र युक्रेनका जनतालाई सहयोग पुर्याउन तीव्र गतिमा काम भइरहेको छ ।’

युक्रेन सरकारले बैंकले सहयोगस्वरूप दिएको रकम अस्पतालका कामदारलाई तलब र वृद्धवृद्धालाई निवृत्तिभरण तथा अन्य सामाजिक कार्यक्रममा खर्च गर्ने जनाएको छ । आर्थिक सहयोगमा नेडरल्यान्ड्स, स्वीडेन, ब्रिटेन, डेनमार्क, लात्भिया, लिथुआनिया, आइसल्यान्ड र जापानको पनि योगदान छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १६:५५