सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा सोमवार ३ कोरोना संक्रमित थपिए

बाँके । बाँकेमा सोमवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४९ जनाको पीसीआर परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १५ जनाको परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरमा २७ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्याबमा ७ जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय ३२ पुगेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १९:०१