बाँके । बाँकेमा आइतवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६४ जनाको पीसीआर परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा ३२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।
बागेश्वरी ल्याबमा १० जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय ३१ पुगेको छ ।
।