सूचनाको शक्ति - The Power Of Information

        

सुन आयातमा थप कडाई, दैनिक १० किलो मात्र सुन आयात

काठमाडौं । विदेशी मुद्रा सञ्चिति निरन्तर घट्न थालेसँगै राष्ट्र बैंकले सुन आयातमा थप कडाई गरेको छ ।

राष्ट्र बैंकले सुन आयातको कोटा आधाले घटाइदिएको हो ।

राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र २०७८ संशोधन गर्दै सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलो कायम गरेको हो ।

सुन आयातमा ठूलो रकम बिदेशिएपछि राष्ट्र बैंकले सुन आयातको कोटा घटाइदिएको हो । व्यवसायीले भने दैनिक कोटा २० किलो पनि कम भएको भन्दै अझै कोटा बढाउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार १८:०८