सूचनाको शक्ति - The Power Of Information

        

फोटो कथा

साताका सात उत्कृष्ट तस्वीर

सोलुखुम्बुको नाम्चे बजार । ३ हजार ४४० मिटरको उचाईमा हिमालको काखमा रहेको यो बजार सुन्दर मानिन्छ । तस्वीर : सागर बस्नेत

गृह जिल्ला भोजपुर जाने क्रममा मङ्गलबार अरूण नदीमा फेरीको सहायताले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै सुरक्षाकर्मी । मोटरवेल पुल नभएका कारण फेरीमार्फत् गाडी तारिएको हो । तस्वीर : सुजन बज्राचार्य/रासस

जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनागाउँमा आकाशेपानीको भरमा हरियाली भएको गहुँबाली र निर्माणाधीन अवस्थामा रहेको जुम्ला जोड्ने सडक । तस्वीर : हेमन्त केसी/रासस

शनिबार शपथपछि सामूहिक तस्बिरमा सहभागी हुँदै राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्य । तस्वीर : शेखर चौलागाई

महाशिवरात्रिको अवसरमा सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा लागेको भीड । शिवरात्रिमा नेपाल र भारतबाट लाखौँ दर्शनार्थी पशुपति मन्दिरमा पूजा गर्न आइपुग्छन् । तस्वीर : सुजन गुरुङ

आइतबार अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्दै प्रतिनिधिसभा सदस्य । पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको एमसीसी आइतबारको दोस्रो बैठकले अनुमोदन गरेको हो । तस्वीर : सुजन गुरुङ

घुन, पुतली र कीरा नलागोस् र नकुहियोस् भनी म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका किसानले थाँक्रामा राखेको मकै । ग्रामीण क्षेत्रमा मकै यसैगरी राख्ने गरिन्छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार ०७:३४