सूचनाको शक्ति - The Power Of Information

        

१० दिन बन्द हुँदै दाङ-सल्यान सडक खण्ड

दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड १० दिनका लागि बन्द हुने भएको छ । तुलसीपुरको चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि १० दिन बन्द गर्न लागिएको हो ।

भोलिदेखि बन्द हुने सडकमा अब चैत १ गतेदेखि मात्रै गाडी सञ्चालन हुने सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए । सडक बन्द गरेर ठेकेदारले कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम गर्ने तयारी गरेका छन् ।

बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्ट, बिहान११ बजेदेखि दिउँसो ३ बजेसम्म दोस्रो र साँझ साढे ५ बजेदेखि ८ बजेसम्म तेस्रो सिफ्टमा कामदार खटाएर सडक मर्मत गर्न लागिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १०:४६