काठमाडौं । रुसले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट नियन्त्रणमा लिएसँगै विभिन्न वेवसाइटहरु बन्द गराएको छ ।
युक्रेनमा रुसी सेनाले शुक्रबार सो आणविक प्लान्ट नियन्त्रणम लिएसँगै विश्वव्यापी खतरा पैदा भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
त्यस लगत्तै मस्कोले विभिन्न सामाजिक सञ्चालमा आफ्नो कदमको विरोध भएको भन्दै त्यस्ता वेवसाइटहरु बन्द गराएको हो । मस्कोले केह विदेशी मिडियाका वेवसाइटहरु पनि ब्लक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
रुसको पछिल्लो आक्रमणलाई दोस्रो विश्वयुद्ध पछि युरोपेली मुलुकहरुमा भएको सबै भन्दा ठूलो मानिएको सो आक्रमणका कारण १० लाख भन्दा बढी शरणार्थीहरु युक्रेनबाट पलायन भएको बताइएको छ । युक्रेनमाथिको आक्रमणले आर्थिक मन्दी आउन सक्ने भन्दै कतिपय पश्चिमा राष्ट्रहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।
युक्रेनमा आक्रमोसुरु गरेदेखि नै मस्कोको तीव्र आलोचना भइरहेको छ । युक्रेनको राजधानीलगायतका महत्वपूर्ण शहरहरुमा रुसको निरन्तर हमलाका कारण कयौं सर्वसाधारणको मृत्यु भइसकेको छ भने भौतिक संरचना पनि उत्तिकै संख्यामा नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
रुसी सेनाको आक्रमणलगत्तै युक्रेनका विभिन्न स्थानमा विद्युत र खानेपानीलगायतको आपूर्ति बन्द हुँदा त्यहाँको जनजीवन थप कष्टकर भएको समाचारमा जनाइएको छ ।
।