सूचनाको शक्ति - The Power Of Information

        

एन–प्याब्सनको सातौ राष्ट्रिय महाधिवेशन नेपालगञ्जमा

बाँके । नेशनल प्याप्सन (एनप्याब्सन)को सातौैं राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा हुने भएको छ ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपालले आफ्नो सातौैं राष्ट्रिय महाधिवेशन बाँकेमा गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनको मार्फत जानकारी गराएको छ ।

सातौैं राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी दिनका लागि आयोजित सो पत्रकार सम्मेलनमा बोल्दै एशोसियसनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले यस अबिधेशनले मुख्यतया ३ वटा ऐजेण्डालाई अघि सारेको जानकारी दिए ।

उनले भने–‘प्राविधिक शिक्षामा निजी शिक्षा क्षेत्रको पहँचका लागि पैरवी, संघिय शिक्षा ऐन २०२८ संशोधनका लागि दवाव र स्थानीय सरकारको एकल अधिकार र प्रदेश तथा संघिय सरकारको साझा अधिकारको चेपुवामा परेको शिक्षा क्षेत्रलाई एकद्वार प्रणालीबाट लैजाने अवस्थाको सिर्जना गर्नका निमित्त पहल गर्ने छौं ।’

एशोसियसनका केन्द्रीय अध्यक्ष सापकोटाले शिक्षा ऐन संसोधन नभएकै कारण यस क्षेत्रले नयां संरचना र पुरानो ऐनका कारण थुपै समस्या झेलिरहेको बताए । उनले एनमा भएको विभेदको कारण राज्यले दिने छात्रबृत्रीमा समेत विद्यार्थीहरु विभेदमा परेको गुनासो गरे ।

यस्तै लुम्बिनी प्रदेश अध्यक्ष सुबोध कुमार डाँगीले यस कार्यक्रमले नयाँ नेतृत्व चयन मात्र नभई यस क्षेत्रको आन्तरिक पर्यटन प्रबर्धन, आर्थिक उन्नयन र संरचनाको विकासमा समेत टेवा पुग्ने बताए ।

कुनैबेलाको समृद्व र मध्य तथा सुदुरपश्चिमकै शैक्षिक हबका रुपमा रहेको नेपालगञ्ज नगरी आजभोली सबैको मानसिकतामा टाढा भएको कुरालाई ईंगित गर्दैै लुम्बिनी प्रदेश अध्यक्ष डाँगीले यस अधिवेशनले सो मानसिकतालाई समेत परिवर्तन गर्न मद्दत गर्ने कुरा औल्याएका थिए ।

संघिय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने सो अधिवेशन आगामि आईतबारदेखि सुरु हुंदैछ । ३ हजार सदस्य रहेको सो संगठनको यस महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १८:२९