सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मातृ मृत्युदरको संख्या विकराल देखिएको तथ्याङ्क सार्वजनिक

बाँके । बाँकेमा मातृ मृत्युदरको संख्या विकराल देखिएको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार गएको वर्षमा बाँकेमा ४७ जना आमाले ज्यान गुमाएका छन् ।

तीमध्ये बाँकेका जिल्लाका मात्रै २५ जना छन् । अन्य २२ जना आमाको मृत्यु पनि बाँकेमै भएकाले त्यो संख्या पनि स्वास्थ्य कार्यालय बाँकेमै जोडिएको पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठले जानकारी दिइन् ।

आर्थिक वर्ष ०७७/७८ मा बाँकेको डुडुवा गाउँपालिकाका ७ जना, नरैनापुर र जानकी गाउँपालिकाका ५/५ जना, नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकाका ३/३ जना र खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाका १/१ जनागरी २५ जना आमाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १६ जना आमाले मृत्युवरण गरेका छन् । समयमै अस्पताल नपुग्नु, घरमै सुत्केरी हुँदा अत्यधिक रक्तश्रावलगायतका कारणले आमाको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १८:२५