सूचनाको शक्ति - The Power Of Information

        

किशोर थापाको नेतृत्वमा खजुरा क्यान्सर अस्पताल

बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा किशोर थापा मनोनित भएका छन् । युवा समाजसेवी थापालाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट मनोनयन गरिएको हो ।

पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भएसँगै अस्पतालले गति लिनेमा बिश्वास गरिएको छ ।

पछिल्लो समय बाँकेमा राजनीतिमार्फत समाजसेवामा सक्रिय थापाले क्यान्सर अस्पताललाई नयाँ उचाइँमा पुराउन महत्त्वपूर्ण योगदान पुराउन सक्ने भन्दै स्थानीयले खुसी ब्यक्त गरेका छन् । अस्पताल विकास समितिको सदस्यमा दिपा केसी, इमरान खा, सुर्यलाल यादवलाई मनोनित गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १६:०३