सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान

जनकपुर । प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन् । नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा विमा नीति ल्याउनेछ । हिंसा पीडित महिलाहरुले निःशुल्क एसएमएस मार्फत आफ्नो समस्या प्रदेश सरकार समक्ष राख्ने व्यवस्था गर्ने बताएको छ । सहयोगका लागि मुख्यमन्त्रीको कार्यालयमा ‘महिला सुरक्षा डेस्क’ स्थापना गरिने १०० दिने कार्ययोजनाख छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १२:३७