भारत । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ४५ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कूल सङ्क्रमितको ०.१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
भारतमा गत २४ घण्टामा १४ हजार ९४७ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६२० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ ।
कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म भारतमा एक अर्ब ७८ करोडभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको समाचारमा जनाइएको छ ।
।