सूचनाको शक्ति - The Power Of Information

        

रुसी आक्रमणको सशक्त प्रतिकारमा युक्रेनी नागरिक

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ८ दिन भइसकेको छ । रुसले आक्रमण झनै तीव्र बनाएको छ । यद्यपि युक्रेनले त्यसको सशक्त प्रतिकार गरिरहेको छ । यस्तोमा युक्रेनका आम नागरिक पनि रुसी आक्रमणको प्रतिकार गर्दै सडकमा ओर्लिएका छन् ।

https://twitter.com/antiputler_news/status/1498950289709281280

युक्रेनको दक्षिणी सहर एनेरहोदारमा आम नागरिकहरुले स्थानीय पावर प्लान्टअघि ठूलो र्‍याली निकालेका छन् । रुसी सेनालाई रोक्न निकालिएको उक्त र्‍यालीमा सहयोगहरुले पावर प्लान्टमा रुसी सेनालाई प्रवेश नदिने बताएका छन् । सामाजिक सञ्जालमा राखिएको भिडियोमा एक व्यक्तिले भनेका छन्, ‘हामी युरोपको सबैभन्दा ठूलो पावर प्लान्टमा उनीहरुलाई पस्न दिँदैनौं ।’

त्यस्तै युक्रेनको दक्षिणपूर्वी जापोजोझमा क्षेत्रमा पनि आम नागरिकले रुसी सेनाको प्रतिकार गरेका छन् । उनीहरुले रुसी सेनालाई फिर्ता जान चेतावनी दिएको भिडियो सार्वजनिक भएको छ । दक्षिणपूर्वी सहर मेलिटोपोलका नागरिकले पनि रुसी उपस्थितिको विरोधमा प्रदर्शन गरेका थिए । उनीहरुले यो युक्रेनको भूमि भएकाले रुसी सेनासँग नडराउने भन्दै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १०:१७