सूचनाको शक्ति - The Power Of Information

        

सबैसँग असल मित्रका रुपमा व्यवहार गछौं : प्रधानमन्त्री केपी शर्मा ओली

k|d cf]nL ;/sf/sf k|fyldstf k|wfgdGqL s]kL zdf{ cf]nL ;/sf/sf k|fyldstfsf af/]df hfgsf/L u/fpg afn'jf6f/df d+unaf/ cfof]lht sfo{qmddf ;xefuL x'Fb} g]kfnl:yt ljleGg b]zsf /fhb"t tyf ljb]zL lgsfosf k|ltlglw / ljsf; ;fem]bf/x? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट पारे । यहाँस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै नेपाल सबैको असल मित्र बन्न चाहन्छ र सबैलाई असल मित्रका रुपमा व्यवहार गर्ने बताए ।

बाह्य शाक्तिको नियन्त्रणमा कहिल्यै रहन नपरेको नेपाल र नेपालीका निम्ति मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान र असंलग्नता अतिप्रिय छन् भन्दै समावेशी लोकतन्त्र, सामाजिक–आर्थिक उन्नयनयुक्त नेपालको गरिमा विश्वमञ्चमा अभिवृद्धि नै कूटनीतिक लक्ष्य भएको स्पष्ट पारे ।

भ्रष्टाचारप्रति शून्य सहनशीलता र भ्रष्टाचारमुक्त शासन व्यवस्था लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए । नेपाली जनतालाई शोषण गर्न नपाइने तथा अस्थिरता, विभाजन चाहने शक्तिविरुद्ध सारा स्रोतसाधन उपयोग गरेर नेपाली जनताको भलाईका निम्ति कार्य गरिने र हिंसाको कुनै स्थान नेपाली समाजमा नरहेको स्पष्ट पार्दै सामाजिक सम्बन्ध र सद्भावमा बाधा पु¥याउन खोज्नेलाई प्रश्रय नदिइने दृढता व्यक्त गरे । समावेशी शासन व्यवस्था संविधानको मर्म हो भन्दै त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरिने पनि बताए ।
संक्रमणकालीन न्याय प्रक्रिया स्वच्छ एवं निष्पक्ष होस् भन्नेमा नेपाल अडिग रहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले देशभित्र वा बाहिरबाट त्यसमा प्रभाव पारिनुहुन्न भन्नेमा सरकार गम्भीर रहेको बताए ।

संक्रमणकालीन न्याय सम्पादनका निम्ति दुई वटा आयोग कार्यरत रहेका जानकारी दिँदै उहाँले मानवीय कानून र मानवाधिकार उल्लङ्घनका गम्भीर मुद्दामा कसैलाई पनि आममाफी नहुने दोहो¥याए ।अन्तर्राष्ट्रियस्तरमा शान्ति सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक संस्थामार्फत नेपालबाट प्रभावकारी रुपमा निरन्तर योगदान हुने बताउँदै प्रधानमन्त्री ओलीले भने – राष्ट्रसंघको सुधारमा नेपालको समर्थन छ ।”

शान्ति, सुरक्षा, विकास, मानवाधिकारलगायत मामिलामा उक्त विश्व संस्थालाई निपूण, प्रभावकारी र उत्तरदायी बनाउनु समयको माग भएको उनले बताए ।

संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यका नाताले मानवाधिकार संरक्षणका खातिर विश्वभर नेपालले आवाज बुलन्द गर्ने र सकारात्मक परिवर्तनका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै परिषद्मा नेपालको भूमिका गैरराजनीतिक हुने प्रष्ट गरे । नेपालको विकासका साझेदारबाट निरन्तर प्राप्त सहयोग र समर्थनप्रति आभार व्यक्त गर्दै नेपालको विकासका प्राथमिकता र नेतृत्वको सम्मानका साथ सरकारी संयन्त्रलाई साथमा लिएर सघाउन आग्रह गरे ।
भारत र चीन नेपालका निकटका छिमेकी भएको बताउ“दै दुवै देशसँगको सम्बन्ध सुमधुर रहेको र पारस्परिक विश्वास नै हाम्रो सम्बन्धको मुख्य तत्व हो उनले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १२:०६