सूचनाको शक्ति - The Power Of Information

        

नामावली उपर दाबी विरोध गर्न निर्वाचन कार्यालय बझाङको आह्वान

बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो । मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरिएको छ ।

अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । नामावली उपर दाबी विरोध गर्न आह्वान गरिएको छ । सरकारले तोकेकै मितिमा निर्वाचन गर्नका लागि आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख विमल प्रसाद गौतमले जानकारी दिनुभयो ।

मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ ।

मतदाता नामावली प्रकाशन भएपछि मृत्यु भएका, बसाइँसराइ गरेका नामउपर दाबी विरोधको समय फागुन २२ गतेसम्म राखिएको छ । फागुन २२ गतेसम्म दाबी विरोधको फारम निर्वाचन कार्यालयमा बुझाइ सक्नुपर्नेछ ।

यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र सख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको छ ।

जिल्लामा स्थानीय तह निर्वाचनका लागि १३३ वटा मतदानस्थल तोकिएका छन् । यहाँ एक लाख २६ हजार बढीले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

सोमबार आज नै जिल्लाका १० वटा गाउँपालिका र २ वटा नगरपालिकामा तथा वडाकार्यालयमा मतदाता नामावली हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १७:२५