सूचनाको शक्ति - The Power Of Information

        

गोल्ड कप शनिबारदेखि शुरु

विराटनगर । आउँदो ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने छ ।
नेपालसहित चार मुलुकका १० वटा टिमको सहभागिता रहने । प्रतियोगितामा काठमाडौंका मनाङ–मस्र्यादी, थ्रि–स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी टिमका साथै मोरङ र झापा –११ को टिम नेपालतर्फ बाट सहभागिता रहने छ ।

विदेशी टिममा भुटानको थिम्फु– ११, भारतको मोहम्मद स्पोर्टिङ क्लब, कोलकाता टिम र बंगलादेशको स्पोर्टिङ क्लब रहने छ । अनुमानित खर्च एक करोड हुने आयोजक समितिका संंयोजक नविन रिजालले बताए ।

विजेता टोलीलाई शिल्डसहित रु १२ लाख ७१ हजार तथा उपविजेता पाँच लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिनेछ ।
उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका लागि पनि पुरस्कार व्यवस्था गरिनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार ११:०५