सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी दूतावास

एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

५० करोड डलर बराबरको सहयोग सम्झौता

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ ।

आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च घट्ने बताएको हो ।

दूतावासले ‘अब पाँच–वर्षीय कार्यक्रम कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको पनि जनाएको छ ।

झण्डै २० वर्षअघि एमसीसी स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभरी गरिबी निवारणमा मद्दत गरेको उल्लेख गर्दै दूतावासले आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचार विरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी एमसीसीले सम्झौता गर्ने जनाएको छ ।

बम यो वर्ष नेपाल र अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष रहेको जनाउँदै दूतावासले यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ०९:३५